Madhes Khabar
समाज हेडलाइन

वीरगन्जमा दाइजोबिना विवाह गरेका दुई दम्पति विवाहस्थलमै सम्मानित

वीरगन्ज,३०बैशाखःवीरगन्जमा दाइजोरहित विवाह गरेका नवविवाहित दुई दम्पतिलाई विवाहस्थलमै सम्मानित गरिएको छ ।वीरगन्ज–८ पानीटंकीस्थित डायमण्ड पार्टी प्यालेशमा शनिबारराति भइरहेको विवाहस्थलमै पुगेर बालविवाह एंव दाइजो उन्मूल अभियानले नवविवाहित दुई दम्पतिलाई सम्मानित गरेको हो ।

बेहुला औरेन्जब अहमद र बेहुली निकात खातुन तथा बेहुला जावेद अहमद र बेहुली साहिन आरालाई अभियानका तर्फबाट मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत गदी,अभियान पर्सा संयोजक प्रकाश थारुसहितकाले सम्मानपत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।

पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ५ का औरेन्जेब अहमद र बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ३ की निकात खातुन तथा औरेन्जेबका आफनै सहोदर भाई जावेद र पर्साको कालिकामाई गाँउपालिका वडा नम्बर १ की साहिन आराको शनिबारराति एउटै विवाहस्थलमा विवाह भएको थियो ।

दुवै दम्पतिले दाइजोरहित विवाह गरि समाजमा सकरात्मक सन्देश दिएकाले दुवै दम्पतिलाई सम्मानित गरिएको अभियानका संयोजक थारुले बताए ।बालविवाह एंव दाइजो उन्मूल अभियानले दाइजोविरुद्ध चलाइरहेको देशव्यापी अभियान अन्तर्गत दाइजोरहित विवाह गर्दै आएका नवविवाहित दम्पतिहरुलाई सम्मानित गरेर दाइजोरहित विवाह गर्नका लागि युवायुवती र तीनका अभिभावकलाई उत्प्रेरीत गर्दै आएको अभियानमा सकृय गुड्डी कुमारी साहले बताइन् ।

दुवै बेहुलाका दाजु तबरेज अहमदले दाइजोकै कारण आफनो विवाहिता बहिनीको केहि बर्षअघि निमर्म हत्या भएपछि दाइजोले दिएको पिडाको भुक्तभोगी आँफनो परिवार रहेको बताए । त्यहि पिडालाई सम्झेर दुवै भाईको दाइजोरहित विवाह गरिदिएको उनले बताए ।

यसकासाथै खासगरी मधेसी समाजमा अहिलेपनि दाइजोका कारण थुप्रै चेलीबेटीहरुले प्रताडना सहनु परेको , कतिपय चेलीबेटीले ज्यान नै गुमाउनु परेका घटनाहरु भइरहेकाले दाइजोमुक्त समाज निर्माणका लागिपनि दुवै भाईको विहेमा दाइजोको रुपमा नगद वा जिन्सी केहिपनि नलिएको तबरेजले बताए ।

नवदम्पतिहरुलाई सम्मानित गर्ने क्रममा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गदी,नेपाल रेडक्रस सोसाइटी मधेस प्रदेशका सभापति फुलमहम्मद मियाँ, नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे लगायतकोपनि उपस्थिती रहेको थियो ।

 

Related posts

पोखरियाकाे विद्यालयमा अत्याधिक गर्मीले ८ जना छात्राहरु कक्षाकाेठामै बेहाेश

MadhesKhabar

वीरगन्जमा पनि मनाइयो ‘राष्ट्रिय धोती दिवस’

MadhesKhabar

नारायणी अस्पतालका नयाँ मेसु दासले आजदेखि कार्यभार सम्हाले, प्रभावित सेवाहरु अब सुचारु हुने

MadhesKhabar

Leave a Comment