
मधेसखबर
वीरगन्ज,२९जेठ : पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदीप यादवले नागरिकताबाट बन्चित जन्मसिद्ध नागरिकका सन्तानले एक साता भित्रै नागरिकता पाउने बताएका छन् ।
आइतबार जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुको टोलीसंगको भेटमा प्रधानमन्त्री शेर बहादुर देउवाले नागरिकता सम्बन्धि समस्या एक साता भित्रै सामधान गर्ने प्रतिबद्धता जनाएको सांसद यादवले सामाजिक सन्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।
जन्मसिद्ध नागरिकता पाइसकेका नेपाली नागरिकका सन्तानहरु वर्षौ देखि नागरिकताबाट बन्चित भइ अनागरिकका रुपमा रहेको समस्या बारे प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउन सांसद यादवको नेतृत्वमा जसपाका सांसदहरुको टोली आइतबार प्रधानमन्त्री निवासमा पुगेको थियो ।
त्यसक्रममा प्रधानमन्त्री देउवाले एक साता भित्रै नागरिकताको समस्या सामधान गर्ने प्रतिबद्धता जनाएको सांसद यादवले बताएका छन् ।
सामाजिक सन्जाल फेसबुक पेजमा प्रधाानमन्त्री देउवालाइ भेटेको तस्वीर राख्दै यादवले लेखेका छन् ,‘ मैले पटक पटक सडक देखि सदनसम्म उठाएको आवाज अब सरकारले सुन्ने भएको छ ।जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिलाउन आज जसपाका सांसदहरुको टोली संयुक्त रूपमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्युसँग भेटेर पुनः हामीले उहाँको ध्यनाकर्षण गराएका छौँ , प्रधानमन्त्री देउवाले पनि यही साता भित्रै नागरिकताको समस्या समाधान गर्ने ठोकुवा गर्नु भएको छ ।
इादवले अनागरिकलाई नागरिक बनाएर उनीहरुको रोकिएको उच्च शिक्षा, रोजगारी लगायतका अधिकारको प्रत्याभुती दिलाउन पनि प्रधानमन्त्री देउवासंग अनुरोध गरेको बताएका छन् ।

