
वीरगंज २९,माघःपर्सा निर्वाचन क्षेत्र नम्बर–४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले चुनावी अभियानलाई तीव्र दिँदै कलिकामाई गाउँपालिका वडा नम्बर–२ मा घरदैलो कार्यक्रम गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार रिजालले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको समस्या, आवश्यकता र अपेक्षाबारे छलफल गरेका थिए। उनले विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारी , कृषि लगायतका मुद्दालाई प्राथमिकतामा राखेर आगामी दिनमा जनमुखी योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसले लोकतन्त्रको रक्षा, स्थायित्व र समावेशी विकासको आधारमा जनताको विश्वास जित्दै अघि बढिरहेको रिजालको भनाइ छ। कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति थियो ।


