Madhes Khabar
राजनीति

उपेन्द्र यादवको जसपा नेपालले कीर्तिपुरको मेयरमा तेस्रो लिंगी हनिलाई बनायो उम्मेदवार

काठमाडौं,२मंसिरःयहि मंसिर १६ को स्थानीय तह उपचुनावको लागि कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिंगी दीपक महर्जन (हनि) र वडाध्यक्षमा राजीव महर्जन (मौनी) ले मनोनयन दर्ता गराएका छन् ।

उनीहरूलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले उम्मेदवार बनाएको हो ।यौनिक तथा लैङ्गिक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपाल नामक संस्थाको पहलमा हनिलाई मेयर र मौनीलाई ४ नम्बर वडाध्यक्षको उम्मेदवार बनाइएको हो ।

राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपा नेपालले जनाएको छ ।साभारःनेपाल प्रेस

Related posts

रवि लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड ‘सहमत’

MadhesKhabar

रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार

MadhesKhabar

राजेशमान र इम्तियाजको संयुक्त चुनावी घोषणापत्र – विगतमा भ्रष्टाचार गरेकालाइ कार्वाही गर्ने , करको दर घटाउने

MadhesKhabar

Leave a Comment