Madhes Khabar
राजनीति

७८ लाख घुस लेनदेन प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजिनामा

फाइल तस्बिर ।

वीरगन्ज,३१असार: घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पाेष्ट गर्दै गुप्ताले राजिनामा दिएकाे घाेषणा गरेका हुन्।उनका स्वकीय सचिव शिव पटेलले पनि गुप्ताले राजिनामा दिएकाे पुष्टि गरे।

सामाजिक सञ्जालमा मन्त्री गुप्ताले लेखेका छन् -विगत केहि दिनदेखि निरन्तर मेरो नाम घुस डिलसंगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ विदितै छ ।कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ। म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु।

प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्ममा विभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।

अब फेरि एकपटक देश र जनता प्रति थप जिम्मेवारि बोधका साथ पार्टिले दिएको जिम्मेवारि इमान र निस्टाको साथ पुरा गर्ने प्रतिब्दताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।

Related posts

गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने काँग्रेस युवा नेता सुधीर पटेलको घोषणा

MadhesKhabar

मधेसकेन्द्रित दलहरूलाई एकठाउँमा गाेलबद्ध हुन लाेसपा वरिष्ठ उपाध्यक्ष साेनलकाे अपिल

MadhesKhabar

एमाले महाधिवेनमा मधेसबाट किसानहरुको व्यापक सहभागिता गराउने किसान महासंघको निर्णय

MadhesKhabar

Leave a Comment