Madhes Khabar
राजनीति

जसपाको बाबुराम समुहले पार्टी पुनर्गठन गर्ने

मधेसखबर
वीरगन्ज,२९ असार : जनता समाजवादी पार्टी (जसपा)को डा. बाबुराम भट्टराई पक्षले नयाँ पार्टी पुनर्गठन गर्ने निर्णय गरेको छ ।

मंगलबार र बुधबार गरी दुई दिनसम्म काठमाडौंमा बसेको केन्द्रीय सदस्यहरुको विस्तारित बैठकले जसपा पुनर्गठनको निर्णय गरेको हो । यसबारे थप निर्णय गर्ने अधिकार कार्यकारिणी सदस्यहरुलाई दिइएको छ ।

बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै संघी परिषद अध्यक्ष डा. भट्टराईले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पार्टी चल्न सक्दैन भन्ने निष्कर्षका साथ जोखिम उठाएको बताए । उनले भने, ‘उहाँकै कारणले हामी अलग अलग हुनु परेको हो, यसलाई पार्टी फुट भन्न मिल्दैन ,हामी वैकल्पिक शक्ति निर्माण गर्न जाँदैछौँ , पार्टी पुनर्गठन गर्न जाँदैछौँ ।’

आवश्यकता अनुसार एकता र ध्रुवीकरणको ढोका भने खुला राख्ने उनले बताए । पुराना दलहरु रुपान्तरण भएर आए अहिले पनि समाजवादी केन्द्रको सम्भावना रहेको उनले बताए ।

भट्टराईले भने, ‘आफ्नो अलग पहिचान कायममा राखेर समाजवादी चिन्तन राख्नेहरुसँग गठबन्धन पनि हुनसक्छ ।’
पुनर्गठित पार्टी आगामी चुनावमा मधेसमा  प्रमुख शक्ति बन्ने भट्टराईको दाबी छ ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपासँग तराईमा तालमेल हुने र पश्चिम तराईमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग तालमेल हुनसक्ने भन्दै उनले भने, ‘अन्यत्र कतै एमाले, कतै कांग्रस त कतै माओवादीसँग तालमेल हुनसक्छ ।’

Related posts

फराकिलो अग्रता लिएका उपेन्द्र यादवले भने : अहिले प्रतिक्रिया दिने बेला भएको छैन

MadhesKhabar

जनकपुरको सभामा रहबरले भने : मधेसमा विकासको विगुल फुक्न रास्वपामा आएँ

MadhesKhabar

पर्साका सांसद राजकुमार गुप्ता बने संघीय मामिला मन्त्री

MadhesKhabar

Leave a Comment