Madhes Khabar
राजनीति

बाजुराकाे प्रतिनिधि सभा सदस्यमा काँग्रेसका पाण्डे निर्वाचित

मधेसखबर
वीरगन्ज ,१८ मंसिर : बाजुराबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे निर्वाचित भएका छन् ।

आइतबार बिहान सकिएकाे मतगणनाकाे अन्तिम परिणाम अनुसार , पाण्डे ३१ हजार ७८६ मत सहित निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत पाएका छन् ।

राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।

Related posts

जसपा नेपालका नेतालाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री यादवले भने : कांग्रेस ‘लास र दासको पार्टी’ हो

MadhesKhabar

फेरि एक पटक प्रधानमन्त्री बन्ने प्रचण्डको इच्छा

MadhesKhabar

नागरिकता मुद्धाका लागि अदालत सम्म लडेको हुँ ,यो समस्या समाधान गरेरै छाड्छु– प्रदीप यादव

MadhesKhabar

Leave a Comment