Madhes Khabar
राजनीति

फराकिलो अग्रता लिएका उपेन्द्र यादवले भने : अहिले प्रतिक्रिया दिने बेला भएको छैन

कलैया ,१२ बैशाख : बारा २ का उम्मेदवार एंव जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी मतगणनाको प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् ।

कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा मंगलबार दिउँसो आएका बारा यादवले संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताए ।

‘अहिले मतगणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन’ यादवले भने ‘प्रारम्भिक नतिजा राम्रो छ । पछि राम्रोसँग प्रतिक्रिया दिनेछु । ’
यादवले आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘चुनाव जित्ने विश्वस्त नभई त चुनाव नै लडिँदैन।’यादवले मतगणनास्थल पुगेर मतगणनाको विषयमा जानकारी लिएका थिए ।
यो समचार तयार पार्दासम्म मतगणनाको प्राप्त मतपरिणाममा यादव फराकिलो मतान्तरसहित अग्र स्थानमा छन् । उनले १४ हजार एक सय ८० मत प्राप्त गर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ९ हजार तीन सय २६ मत पाएका छन् ।

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले चार हजार सात सय ९३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले दुई हजार ५१ मत पाएका छन् । प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले एक हजार ६ सय २७ मत पाएका छन् ।साभार : अन्नपूर्णपोष्ट

Related posts

राष्ट्रपति निर्वाचनमा नयाँ गठबन्धन बन्छ : अजय चौरसिया

MadhesKhabar

वीरगन्जमा रास्वपाकाे स्थापना दिवस : सबै दलका नेता एउटै मञ्चमा

MadhesKhabar

मेयरको सपथग्रहणमा सहभागी हुन जसपाका अध्यक्ष उपेन्द्र यादव वीरगन्जमा

MadhesKhabar

Leave a Comment