काठमाडौं,१८जेठ :सत्ताधारी दल रास्वपाका सांसद खगेन्द्र सुनारले प्रधानमन्त्री बालेन शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भने संसदमा दिएको अभिव्यक्तिलाई खुलेर समर्थन जनाएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भारतले मिचेको जमिन मागेर मात्रै नहुने, नेपालले मिचेको पनि फिर्ता गर्नुपर्ने उनको भनाइ थियो ।
सुनारले छिमेकमा भारत नभएको भए नेपालको कर्णाली र सुदुरपश्चिमका जनता भोकै मर्नुपर्ने दाबीपनि गरे ।उनले भने, अहिले पनि नेपालका लाखौँ–लाख गरिब, दलित, उपेक्षित वर्ग भारतमा भाँडा माझेर बसिरहेको छ । कुल्ली काम गरेर बसिरहेको छ । सेक्युरिटी गार्ड गरेर बसिरहेको छ । छिमेकमा भारत हुँदैनथ्यो भने कर्णाली, सुदूरपश्चिमका अधिकांश मेरा घरका दाइ–भाइहरू भोकै मर्नुपर्ने अवस्था थियो । (नेपालको) दलित समुदाय भारतमा कति छ ?,पन्जाबमा कति छ ? दिल्लीमा कति छ ? मुम्बईमा कसरी बसिरहेको छ दलित ?’

