
मधेसखबर
वीरगन्ज,०३असार :राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनले देशको अवस्था बारे जनताले सोच्ने बेला आइसकेको बताएका छन् ।
वीरगन्जमा शुक्रबार राप्रपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष लिङदेनले दशेलाइ अहिलेको दुर्दशाममा पुरयाउने नेताहरुलाइ पनि जनताले अब चिन्नु पर्ने बेला भइसकेकाो बताए ।
राजतन्त्र हुदा जनताले अधिकार र सुख पाएन भन्ने बहाना बनाएर नेताहरुले राजा हटाएर गणतन्त्र ल्याएको भएपनि गणतन्त्रमा मुलुकको अवस्था झन जर्जर बनेको उनले बताए ।राजतन्त्र हटाएर गणतन्त्र ल्याएको १६ वर्ष पुरा गरि १७ वर्ष भइसकेको भन्दै उनले तर जनताले राजतन्त्रको बेलाको भन्दा अहिले गणतन्त्रमा झन दुख पाइरहेकाो आरोप लगाए ।
लिङगदेनले भने ,‘ हिजो राजा हुदा के के दुख थियो जनतालाइ ? आज गणतन्त्र हुदा के के सुख पाएका छन्् जनताले ? राजतन्त्रमा देशको अर्थतन्त्र कस्तो थियो ? अहिले गणतन्त्रमा आर्थिक अवस्था कस्तो छ ? यो कुराको मुल्यांकन अब जनता आफैले गर्ने बेला भएको छ ।
गणतन्त्रको नाममा काँग्रेस र कम्युनिष्ट पार्टीका नेताहरुले देशमा ब्रम्हलुट मात्रै मच्याएकोे आरोप पनि उनले लगाए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता विराज यादव सहित करिब २ हजार जना राप्रपामा प्रवेश गरेको राप्रपाका वीरगन्ज महानगर अध्यक्ष जलेश्वर सर्राफले दाबी गरे ।

