Madhes Khabar
राजनीति

पर्सा १ मा कांग्रेस कार्यवाहक क्षेत्रीय सभापितकाे जिम्मेवारी सिंहलाई

वीरगन्ज ,२१ साउन: नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर १ काे कार्यवाहक क्षेत्रीय सभापतिकाे जिम्मेवारी अनिल सिंहलाई दिएकाे छ ।

कांग्रेस क्षेत्रीय सभापति अरविन्द गुप्तामाथि पार्टीले अनुशासन सम्बन्धि छानबिन गरिरहेकाले पार्टीको केन्द्रीय अनुशासन समितकाे अर्काे आदेश नभइन्जेलसम्मका लागि सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिकाे जिम्मेवारी दिइएकाे कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले बताएका छन् ।

कांग्रेस पर्साकाे साउन २१ गतेकाे निर्णय अनुसार सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिकाे जिम्मेवारी दिइएको क्षेत्रीले बताए ।

आइतबार वीरगन्जस्थित कांग्रेस पार्टी कार्यालयमा कांग्रेस पर्साका सभापति क्षेत्रीले सिंहलाई कार्यवाहक क्षेत्रीय सभापतिकाे जिम्मेवारी दिइएकाे पत्र हस्तान्तरण गरे । त्यसअवसरमा कांग्रेस जिल्ला उपसभापति रामनारायण कुर्मी,जिल्ला सचिव इम्तियाज आलम, जिल्ला प्रवक्ता रमेश पाण्डे लगायतकाेपनि उपस्थिति रहेकाे थियाे ।

Related posts

पार्टीको नीति विपरित गतिविधि गर्नेलाई कारबाही गर्ने एमाले पर्साका अध्यक्ष शर्माको चेतावनी

MadhesKhabar

प्रत्यक्षमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन दलहरुलाई निर्वाचन आयोगको निर्देशन

MadhesKhabar

मधेसमा एमालेले मलकाे कारखाना खाेल्छ : वरिष्ठ उपाध्यक्ष पाेखरेल

MadhesKhabar

Leave a Comment