Madhes Khabar
राजनीति

रास्वपाले तोक्यो स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन चाहनेहरुकाे मापदण्ड

काठमाडौं,२०वैशाख : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने सदस्यको मापदण्ड निर्धारण गरेको छ।

आगामी स्थानीय तह निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरशिप एकेडमीबाट उत्तीर्ण हुनुपर्ने रास्वपाले जनाएको छ।

 

रास्वपाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गर्न अत्यन्तै कडा र वैज्ञानिक मापदण्डसहितको ‘उम्मेदवार छनोट रूपरेखा’ तयार पारेको हाे।

विपिन कुमार आचार्य’ नेतृत्वको कार्यदलले तयार पारेको ३५ पृष्ठ लामो मस्यौदाअनुसार अब रास्वपाबाट उम्मेदवार बन्न चाहनेले विभिन्न चारवटा कठिन चरण र ‘फिल्टर’ पार गर्नुपर्ने हुन्छ ।

नेपाली राजनीतिमा व्याप्त नातावाद, कृपावाद र पैसाको चलखेललाई अन्त्य गर्दै ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) का आधारमा उम्मेदवार छान्न रास्वपाले नयाँ मोडल अघि सारेको हो । यो मोडललाई आगामी प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा कार्यान्वयन गर्ने तयारी गरिएको छ ।

यस्तो छ उम्मेदवार छनोटको अंकभार (भाराङ्क):

मस्यौदाले उम्मेदवारको मूल्यांकनका लागि १०० पूर्णाङ्क तय गरेको छ, जसलाई चार भागमा विभाजन गरिएको छः

१. लिडरसिप एकेडेमी (२५%): उम्मेदवार बन्न चाहनेले अनिवार्य रूपमा पार्टीको लिडरसिप एकेडेमीमा प्रशिक्षण लिनुपर्नेछ । यहाँ उम्मेदवारको वैचारिक स्पष्टता, स्थानीय सरकार सञ्चालनको ज्ञान र योजनाको परीक्षा लिइनेछ । यसमा उत्तीर्ण हुनेले मात्र अर्को चरणमा प्रवेश पाउनेछन् ।

३. समावेशिता (१०%): महिला, दलित, युवा, सीमान्तकृत समुदाय र वैदेशिक रोजगारीबाट फर्किएका (रिटर्नी) हरूलाई प्रोत्साहन गर्न यो विशेष अंकभार राखिएको छ ।

४. प्रारम्भिक निर्वाचन – प्राइमरी (४०%): सबैभन्दा धेरै भार पार्टीका साधारण सदस्यहरूले गर्ने मतदानलाई दिइएको छ । मोबाइल एपमार्फत हुने यो मतदानमा ‘ब्लकचेन’ प्रविधि प्रयोग गरिने बताइएको छ । यसअघि प्राइमरी इलेक्स्नको मतभार ५० प्रतिशत थियो । अहिले त्यसलाई पनि झारेर ४० कायम गरिएको हो ।

‘क्यान्डिडेट क्लब’ र योग्यताको कडा मापदण्ड

उम्मेदवार बन्न इच्छुक व्यक्ति सुरुमा ‘क्यान्डिडेट क्लब’ मा आबद्ध हुनुपर्नेछ । भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागूऔषध जस्ता फौजदारी कसुरमा सजाय पाएका व्यक्ति उम्मेदवार बन्न पाउने छैनन् । साथै, उम्मेदवारले आफ्नो सम्पत्ति विवरण र प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य बुझाउनुपर्नेछ ।

पार्टी फेर्नेलाई ‘कुलिङ पिरियड’

अन्य राजनीतिक दल त्यागेर रास्वपा प्रवेश गर्नेहरूका लागि ‘कुलिङ पिरियड’ को व्यवस्था गरिएको छ । अन्य दलबाट आएका व्यक्ति रास्वपाको उम्मेदवार बन्न पार्टी सदस्य लिएको कम्तीमा ९० दिन पुगेको हुनुपर्नेछ । यद्यपि, समाजका प्रतिष्ठित र विज्ञ व्यक्तित्वका लागि ‘ल्याटरल इन्ट्री’ मार्फत विशेष सहमतिमा उम्मेदवार बन्न सक्ने बाटो भने खुला राखिएको छ ।

टिकटको व्यापारमा ‘जिरो टोलरेन्स’

मस्यौदामा आर्थिक लेनदेन वा चन्दाको भरमा उम्मेदवार बन्ने प्रथालाई पूर्ण रूपमा निषेध गरिएको छ । उम्मेदवारी दिलाउने नाममा कसैले आर्थिक चलखेल गरेमा वा उपहार स्वीकार गरेमा तत्काल निष्कासन गर्ने ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति लिइएको छ ।

डिजिटल सुरक्षा र पारदर्शिता

प्रारम्भिक निर्वाचन (प्राइमरी) का लागि पार्टीको आधिकारिक मोबाइल एप प्रयोग गरिनेछ, जसमा दुई–तहको प्रमाणीकरण र मतदानको तथ्याङ्क हेरफेर नहोस् भन्नका लागि ‘ब्लकचेन’ प्रविधि अपनाइने मस्यौदामा उल्लेख छ ।

रास्वपाको यो प्रस्तावित रूपरेखाले स्थानीय तहमा सक्षम, इमानदार र जनताप्रति उत्तरदायी नेतृत्व स्थापित गर्ने लक्ष्य राखेको मस्यौदा कार्यदलका सदस्य रोहन कार्कीले बताए । यो मस्यौदा अनुमोदन भएपछि आगामी स्थानीय निर्वाचनमा रास्वपाले यसैका आधारमा आफ्ना उम्मेदवारहरू तय गर्ने उनले जानकारी दिएका छन् ।

Related posts

सत्ता गठबन्धन भित्र प्रतिनिधि सभा तर्फकाे सिट भागबन्डामा लगभग सहमति जुट्याे

MadhesKhabar

पोखरीयामा एमालेमा पुनर्मिलन कार्यक्रम, प्रहल्लाद गिरीसहित नेताहरू पार्टीमा फर्किए

MadhesKhabar

मतदातालाई धन्यवाद दिन घरदैलोमा पुगेका नवनिर्वाचित सांसद कानुलाई भव्य स्वागत

MadhesKhabar

Leave a Comment