Madhes Khabar
राजनीति

कांग्रेस र एमालेकै कारणले पूर्वराजा र राजावादीको सक्रियता बढ्योः सीके राउत

फाइल फाेटाे

काठमाडौं,२५फागुनःजनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले कांग्रेस र एमालेकै कारण पूर्वराजा र राजवादीहरुको सकृयता बढेको बताएका छन् ।काठमाडौंमा सञ्चारकर्मीसंगको कुराकानीमा जनमत पार्टीका अध्यक्ष राउतले प्रमुख राजनीतिक दलहरुको काराणले नै पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरु सक्रियताका बढेको बताए ।

अध्यक्ष राउतले कांग्रेस र एमाले राजावादीको सहयोगी बन्दै गएको आशंका उब्जिएकोपनि बताए। दुई ठूला दल मिलेर सरकार चलाउँदा समेत जनतामा निराशा कम नहुनु आश्चर्यजनक भएको टिप्पणी उनको थियो ।

मधेसी जनताले पञ्चायतकालमा पनि गणतन्त्रप्रति झुकाव राख्दै आएकाले राजतन्त्रको पक्षमा नलाग्ने राउतको भनाई छ । जनताले भरोसा गरेको गणतन्त्र व्यवस्थाको रक्षाका लागि केन्द्रीय समितिको बैठक लगत्तै पार्टीले नयाँ रणनीति तय गर्ने राउतले बताए।

Related posts

सत्ता गठबन्धन भित्र प्रतिनिधि सभा तर्फकाे सिट भागबन्डामा लगभग सहमति जुट्याे

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

वीरगन्ज आएर पूर्वराजा ज्ञानेन्द्रले गरे उदघोष : देशलाई निकास दिन अब अगाडि सर्ने बेला आइसक्यो

MadhesKhabar

Leave a Comment