Madhes Khabar
राजनीति

रवि लामिछाने जेल चलान

रुपन्देही,२५चैत:राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागारमा पठाएको छ ।

 

साेमबार रुपन्देही जिल्ला अदालतमा पेस गरेर थुनुवा पूर्जी दिएपछि लामिछानेलाई जिल्ला कारागारमा पठाइएको हाे।

गत शुक्रबार राति काठमाडौंमा पक्राउ परेका रविलाई शनिबार बिहान भैरहवा पुर्याइएको थियो । दुई दिन बिदा भएपछि उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले रविलाई पक्राउ गरेको थियो ।साभार:ईकान्तिपुर

Related posts

जसपा नेपालले सरकारलाई दिएको समर्थन लियो फिर्ता

MadhesKhabar

महाधिवेशन नगरी कांग्रेस चुनावमा जाँदैन : महामन्त्री गगन थापा

MadhesKhabar

ओली र लेखकविरुद्धको जाहेरी लिन प्रहरी भयो तयार !

MadhesKhabar

Leave a Comment