काठमाडौ,३२असारःउपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले संघ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
सरकारमा सहभागी हुने चर्चा चलिरहेका बेला जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष यादवसहित सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा जसपा नेपाललाई सरकारमा सहभागी गराउने प्रस्ताव गरिएको चर्चा चलेको थियो।

