जनकपुर,२५कात्तिकःमधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले मुख्यमन्त्रीके शपथ ग्रहण गराउन आँफुले तत्कालीन प्रदेश प्रमुख सुमीत्रा सुवेदीलाई दबाब दिएको स्वीकारेका छन् ।
मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरेका यादवले दलहरूले तत्कालीन प्रदेश प्रमुख सुमीत्रा सुवेदीलाई सरकारले बर्खास्त गर्न गरेको सिफारिसको विरोध समेत गरे ।
उनले दलहरुले नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिन तयार भए आफू राजीनामा दिन तयार रहेकोपनि बताए ।उनले आफू संवैधानिक हिसाबले मुख्यमन्त्री भएको दाबी पनि गरे । उनले भने,अझै केही बिग्रेको छैन। दलहरुले नेपाली कांग्रेसको कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत भए म अझै राजीनामा दिएर मार्ग प्रशस्त गर्न सक्छु। सञ्चारकर्मीको एक प्रश्न उनले भने, तत्काल कांग्रेसबाहेक अन्य दललाई नेतृत्व दिने विषयमा मैले सोचेको छैन।’
उनले थपे,‘म रहलले होईन, संवैधानिक बाध्यतावश मुख्यमन्त्री भएको हु, मुख्यमन्त्री बन्ने मेरो इच्छा पनि थिएन । कांग्रेसका नेतालाई मुख्यमन्त्री बनाउने सहमति पनि गरेको थिए। तर वर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलज्यूले विश्वासको मत लिन नसकेपछि संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखले मलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभयो।’
मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले आफ्नो नियुक्ति असंवैधानिक वा गलत ठहराएमा एकछिन पनि पदमा नबस्ने बताएका हुन् ।
उनले भने, ‘एमाले संविधान र कानूनको पालन गर्ने पार्टी हो। म सोही पार्टीको संस्कार बोकेको व्यक्ति हुँ, त्यसैले अदालतको आदेश आए लगत्तै सत्ता हस्तान्तरण गर्न तयार छु।’
उनले आफू आज काठमाडौं जान लागेको समेत बताए।पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि मधेस सरकार गठनको विषयमा कन्सर्न राख्नुभएको छ, उनले भने,‘त्यसकारण म काठमाडौँ जाँदैछु र त्यहाँ नेपाली कांग्रेसका कार्यवाहक सभापतिजीसँग पनि भेटघाट गर्छु र सरकार गठनको विषयमा जानकारी गराउँछु ।’

