Madhes Khabar
राजनीति

विकास र समृद्धिको पक्षमा मतदान गर्न डा. मधु गुप्ताको आग्रह

मधेसखबर
वीरगन्ज,२४ असोज : पर्साको क्षेत्र नम्बर ३ को (ख) मा प्रदेशसभा सदस्यमा जसपाबाट उम्मेदवारी दिएकी डाक्टर मधु गुप्ताले विकास र समृद्धिको पक्षमा मतदान गर्न आग्रह गरेकि छन् ।

जसपा एमाले गठबन्धनकी साझा उम्मेदवार गुप्ताले जनताको सेवा र स्थानीय सरोकारका मुद्धाहरु सम्बोधनका लागि आफुले प्रदेशसभामा सक्रिय भूमिका निभाउने प्रतिबद्धता पनि जनाएकी छन् ।

राजनीतिमा युवा र महिलाको सशक्त उपस्थिती जनाउनकै लागि चिकित्सा क्षेत्र छोडेर प्रत्यक्ष राजनीतिमा होमिएको उनले बताएकी छन् । त्यसकारण पर्सा ३ को (ख)का मतदाताले यसपाली आफुलाइ अत्याधिक मत दिएर विजयी बनाउनेमा आफु ढुक्क रहेको उनले बताएकी छन् ।

शुरुमा गुप्ताको नाम जसपाबाट पर्सा क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा सिफारिस भएको थियो ।तर जसपाले एमालेसँग चुनावी तालमेल गरेपछि उनी प्रदेशसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएकी हुन् ।

 

Related posts

प्रचण्ड सरकारलाई समर्थन दिने जसपाकाे निर्णय

MadhesKhabar

अजय चौरसियाको समर्थनमा वीरगन्जका उद्योगी व्यवसायीहरु पनि

MadhesKhabar

`राजालाई पक्राउ गरेर देखाउ, अनि शक्ति हामी देखाउँछौ’: राजेन्द्र लिङ्देन

MadhesKhabar

Leave a Comment