Madhes Khabar
राजनीति

रवि लामिछनेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

मधेसखबर
वीरगन्ज,१७ असार : पत्रकारीता छाडेर राजनीतिमा लागेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी , निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार निर्वाचन आयोगले उक्त पार्टीलाई मान्यता दिएको हो ।

दल दर्ता भएसँगै उक्त पार्टीलाई चुनाव चिनह ’गोलाकारभित्र घण्टी’ दिइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीसँगै निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या अब १८७ पुगेको छ ।

लामो समय पत्रकारिता क्षेत्रमा रहेका रविले असार ७ गते एक कार्यक्रम बीच ’राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेका थिए ।
निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि लामिछानेले दल दर्ता भएको र पार्टीको सङ्गठन विस्तारमा केन्द्रित हुने बताए । नेपालको संविधान सहित प्रचलित कानुनअनुसार आफूहरूको पार्टीलाई आयोगले मान्यता दिएको उनले बताए ।

उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा गरेको छ । निर्वाचनमा ’राइट टु रिकल’को प्रबन्धको माग पनि आफूहरूको प्रमुख एजेन्डा भएको लामिछाने बताएका छन् । ५१ प्प्रतिशत सदस्य अनिवार्य युवा हुने भभन्दै उनले पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा पनि गरेका छन् ।

Related posts

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चिनीयाँ ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने अभियानको माग

MadhesKhabar

वीरगन्ज नर्सिङ क्याम्पसमा चुनाव जितेका विधार्थीहरु धर्नामा

MadhesKhabar

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन वीरगन्जमा भेटघाट कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment