Madhes Khabar
राजनीति

रवि लामिछनेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

मधेसखबर
वीरगन्ज,१७ असार : पत्रकारीता छाडेर राजनीतिमा लागेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी , निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार निर्वाचन आयोगले उक्त पार्टीलाई मान्यता दिएको हो ।

दल दर्ता भएसँगै उक्त पार्टीलाई चुनाव चिनह ’गोलाकारभित्र घण्टी’ दिइएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीसँगै निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या अब १८७ पुगेको छ ।

लामो समय पत्रकारिता क्षेत्रमा रहेका रविले असार ७ गते एक कार्यक्रम बीच ’राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेका थिए ।
निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि लामिछानेले दल दर्ता भएको र पार्टीको सङ्गठन विस्तारमा केन्द्रित हुने बताए । नेपालको संविधान सहित प्रचलित कानुनअनुसार आफूहरूको पार्टीलाई आयोगले मान्यता दिएको उनले बताए ।

उक्त पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा गरेको छ । निर्वाचनमा ’राइट टु रिकल’को प्रबन्धको माग पनि आफूहरूको प्रमुख एजेन्डा भएको लामिछाने बताएका छन् । ५१ प्प्रतिशत सदस्य अनिवार्य युवा हुने भभन्दै उनले पार्टीले कुनै पनि भ्रातृ संगठन नबनाउने र व्यापारीहरुबाट चन्दा नउठाउने घोषणा पनि गरेका छन् ।

Related posts

पर्सा–१ का मतदाता भन्छन् : हामीले खोजेको नेता प्रदीप यादव नै हुन्

MadhesKhabar

पर्सामा प्रचार प्रसारलाई अझ प्रभावकारी बनाउने काँग्रेसको निर्णय

MadhesKhabar

तरुण दलकाे स्थापना दिवसमा वीरगन्जमा दीप प्रज्वलन

MadhesKhabar

Leave a Comment