Madhes Khabar
राजनीति

राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन वीरगन्जमा भेटघाट कार्यक्रम सम्पन्न

वीरगन्ज,२माघ:राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि वीरगन्जमा मधेसबाट सत्ता गठबन्धनका उम्मेदवार र पर्साका पालिकाका जनप्रतिनिधीहरुबिच परिचय तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्जको होटल पूजनमा मंगलबार आयोजित उक्त कार्यक्रममा गठबन्धनका दलका नेताहरुले मधेसबाट गठबन्धनका साझा उम्मेदवार आनन्द ढुंगाना र पूजा चौधरीलाई मत दिएर विजयी बनाउन पर्साका पालिकाका प्रमुख र उपप्रमुखहरुलाई आग्रह गरे । ढुंगाना नेपाली कांग्रेसका तर्फबाट र चौधरी जसपाका तर्फबाट गठबन्धनका साझा उम्मेदवार हुन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन जिल्ला समन्वय समिति पर्साका संयोजक तथा नेपाली कांग्रेसका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीको अध्यक्षता तथा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उम्मेदवारद्वयसंगै कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधीसभा सदस्य अजय चौरसिया, मधेस प्रदेशका वनमन्त्री तथा लोसपा नेता रमेश कुर्मी , कांग्रेसका पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चौधरी , प्रदेश सभा सदस्य श्याम पटेल , जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, नेकपा माओवादी केन्द्रका नेता प्रभाकर गुप्ता, नेकपा एकिकृत समाजवादीका नेता मनोज चौधरीका साथै गठबन्धन दलबाट पर्साका विभिन्न पालिकामा निर्वाचित पालिका प्रमुख र उप्रमुखको सहभागीता रहेको कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले जानकारी दिए ।कार्यक्रमको सहजीकरण जसपाका जिल्ला सचिव तबरेज अहमदले गरेका थिए ।

Related posts

पर्सा २ को गाँउ गाँउमा काँग्रेसका चौरसिया र पटेललाई जनताद्धारा स्वागत

MadhesKhabar

पर्सामा राप्रपाको संगठन विभाग विस्तार, सचिवमा झा र प्रवक्तामा गुप्ता चयन

MadhesKhabar

राजेन्द्र लिङ्देनको क्षेत्रमा एमालेले उम्मेदवारी नदिने

MadhesKhabar

Leave a Comment