Madhes Khabar
राजनीति

लोसपाको घोषणापत्र सार्वजनिक – पालिकालाई भ्रष्टाचारमुक्त बनाउने

मधेसखबर
वीरगन्ज, १६ बैशाख :
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह निर्वाचनका लागि आफनो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
काठमाण्डौ स्थित पार्टीको केन्द्रिय कार्यालयमा शुक्रबार दिउँसो लोसपाका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो , सुरेन्द्र झा लगायतको उपस्थितिमा स्थानीय तह निर्वाचनलाइ लक्षित गरि चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।
लोसपाको घोषणापत्रमा स्थानीय सरकार (पालिका) लाई भ्रष्टाचारमुक्त बनाउन जनप्रतिनिधिले सम्पत्ती विवरण सार्वजनिक गर्ने विषयमा प्राथमिकतामा राखिएको छ ।
चुनावी घोषणापत्रमा गुणस्तरीय खानेपानी, वडामा पर्याप्त बजेट छुट्याउने विषयहरु समेटिएका छन् । यसका साथै स्थानीय सरकार (पालिका) ले आफ्नो कर्मचारी आफै भर्ना गर्ने लोसपाको घोषणापत्रमा उल्लेख छ ।
यस्तै लोसपाले सहज र छरितो सरकारी सेवा, नगर सरसफाइ , सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, पर्याप्त चिकित्सक, बालबालिकालाई घरमै नियमित खोप उपलब्ध गराउने, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण गर्ने बुदाँ पनि घोषणापत्रमा समेटेको छ ।लोसपाको चुनावी घोषणापत्रमा निशुल्क र व्यवहारिक शिक्षा, स्नातक र स्नातकोत्तरमा छात्रवृत्तीको व्यवस्था गरिने , सडकको छेउमा अनिवार्य वृक्षारोपण गर्ने पनि उल्लेख छ ।

Related posts

कांग्रेस सभापति गगनले भने:आफ्नै बहुमतप्रति सरकारलाई विश्वास छैन, पेलेर जान्छु भन्ने नसोच्नू

MadhesKhabar

सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

MadhesKhabar

मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न माग गर्दै जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

Leave a Comment