काठमाडौं,२७कात्तिकः डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशलाई स्वायत्त प्रदेश घोषणा गर्न माग गर्दै बिहीबार प्रदर्शन गरेको छ ।जनमत पार्टीका नेताकार्यकर्ताले बिहीबार सप्तरीमा मधेस प्रदेशलाई स्वायत्त प्रदेश घोषणा गर्न माग गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी जनमत पार्टीका नेताकार्यकर्ताहरुले मधेस प्रदेशलाई स्वायत्त घोषणा गर, प्रहरी र कर्मचारी पूर्णतः प्रदेश मातहत कायम गर, संघ सरकार मातहत रहेका सीडीओ र एसपी फिर्ता गर, दमन शोषण बन्द गर,संघ सरकारको हस्तक्षेप बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

