Madhes Khabar
राजनीति

कांग्रेस सभापति गगनले भने:आफ्नै बहुमतप्रति सरकारलाई विश्वास छैन, पेलेर जान्छु भन्ने नसोच्नू

काठमाडौं,१६वैशाख: नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई आफ्नै बहुमत भएको संसद्प्रति विश्वास नभएको बताएका छन् ।बुधबार सर्लाही जाने क्रममा रौतहटमा पार्टीका नेता कार्यकर्तासँग कुरा गर्दै उनले सरकारले सदन र जनतालाई हेपेको टिप्पणी गरे ।

उनले भने, ‘प्रतिनिधिसभाको बैठकको मिति तोकेर आह्वान भइसके पछाडि फेरि कुनै सूचना नदिई बैठक स्थगित गरियो । यो संसद् र नागरिकलाई हेपेको हो । संसद्लाई किन हेपेको हो भने संसद्प्रति विश्वासमा राखेर आफ्नो बहुमत भएको संसद्प्रति सरकारको विश्वास छैन । यसकारण संसद् छल्दै अध्यादेश ल्याइयो ।’

संवैधानिक परिषद्मा प्रधानमन्त्रीले आफ्नो स्वार्थअनूकुल बनाउन चलखेल गर्ने प्रयास भइरहेको उनले बताए ।उनले थपे, ‘यस्तो प्रयास पहिलाका प्रधानमन्त्रीहरूले पनि गर्नुभएको थियो । यसमा हामीले सधैँभरि असहमति प्रकट गर्‍यौँ । अहिले यस्तो अनुकूलता भएको बेलामा सरकारले संवैधानिक परिषद्मा प्रधानमन्त्रीको हैसियतबाट ‘म अहिलेको नियुक्तिहरू यसरी गर्न चाहन्छु, म अदालतका सन्दर्भमा यसरी नियुक्ति गर्न चाहन्छु, म अरू संस्थाहरूमा नियुक्ति यसरी गर्न चाहन्छु’ भनेर भन्दै गर्दा हामी प्रमुख प्रतिपक्ष दल हौँ ।’

उनले आफूहरू पनि संवैधानिक परिषद्मा नियुक्ति गर्ने कुरामा व्यापक फेरबदल गर्नुपर्छ भनेर लागेको बताए । उनले कांग्रेस प्रमुख प्रतिपक्ष दल भएकाले हेपाहा प्रवृत्ति स्वीकार नगर्ने चेतावनी दिए ।

उनले भने, ‘म एक्लै गर्छु, अरू सबैलाई पेलपाल गरेर जान्छु, भोलि संसद्लाई पनि पेल्छु, अरू पार्टीलाई पनि पेल्छु भन्ने सोचले अप्ठ्यारो पार्छ । मेरो अहिले पनि सुझाव छ सच्याउनुस् र यसलाई ठीक बाटोमा लिएर जानुस् ।’

Related posts

पर्सामा कांग्रेसलाई सशक्त बनाउन जिराभवानीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

MadhesKhabar

गौर हत्याकाण्ड : उपेन्द्र यादव लगायतमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतको आदेश

MadhesKhabar

ठाकुरराम सहित देशभरका १२ क्याम्पसमा अब स्ववियु निर्वाचन नहुने

MadhesKhabar

Leave a Comment