बारा,११माघ:बारामा बिहीबार राष्ट्रिय एकता अभियानकाे आयाेजनामा राष्ट्रिय स्वाधिनता, बिआईआर ऋणजाल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बाेल्दै अभियानका केन्द्रीय संयोजक विनय यादवले राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि सबै एकबद्ध हुनुपर्नेमा जोड दिए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले विकास र समृद्धिमा पार्ने प्रभावसँगै त्यसको सञ्चालनका विविध आयामका बारेमा चर्चापनि गरे । पोखरा विमानस्थलको ऋणलाई नेपाल सरकारले चीन सरकारसंग वार्ता गरी अनुदानमा परिणत गर्न आवश्यक रहेको उनले बताए ।
कार्यक्रम संयोजक तथा समाजसेवी हरि प्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियानका संरक्षक सेवक सौरभनाथ, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश सिकारिया, सिमरा कलेजका व्यवस्थापक गीता शर्मा, सिमरा महिला सहकारीकी अध्यक्ष मुना खरेल, मानवाधिकारकर्मी लक्ष्मण साह, नगर उद्योग वाणिज्य संघका रामबाबु साह, प्राध्यापक अनिल चौधरी लगायतलेपनि आ-आपनो धारणा राखेका थिए ।

