काठमाडौं,३०कात्तिकःमधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज (आइतबार) हुने भनिएको सुनुवाइ स्थगित भएको छ । आज हुने भनिएको सुनुवाइ भोलि(सोमबार)का लागि सरेको हो ।
रिटमाथिको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो । अन्तरिम आदेशका सम्बन्धमा आइतबार हुने सुनुवाइ भोलि सोमबार हुने छ ।
पछिल्लो कही समययता अस्थिर रहेको मधेस सरकारमा हाल सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार बनेको छ ।
तर, तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले एमाले दलका नेता यादवलाई महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने बर्दिबास नगरपालिका ३ कालापानीस्थित पानस होटेलमा पुगेर एमाले दलका नेता सरोजकुमार यादवलाईमुख्यमन्त्री पदको शपथ खुवाइन् । त्यसपछि विवाद चर्किएको हो ।त्यसविरुद्ध मधेस प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।साभारःअनलाइनखबर

