Madhes Khabar
राजनीति

सरकारमा जाने विषयलाई प्राथमिकतामा राखेका छैनाै : राप्रपा अध्यक्ष लिङदेन

फाइल फाेटााे

वीरगन्ज ,१८ मंसिर : राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारमा जाने विषयलाई प्राथमिकतामै नराखेको बताएका छन्।

उनले सरकारमा जाने प्राथमिकतामा नरहेको बताउँदै त्यसबारे कुनै छलफल अघि नबढेको बताएका हुन्।

झापा-३ मा काग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै संसदमा दोस्रोपल्ट चुनिएका लिङ्देनकै नेतृत्वमा राप्रपा यसपटक राष्ट्रिय दल बनेको छ।

प्रत्यक्ष र समानुपातिकतर्फबाट संघ र प्रदेशहरूमा पहिलेभन्दा धेरै सदस्य जिताएका कारण नयाँ सरकार गठनमा राप्रपा पनि निर्णायक अवस्थामा पुगेको छ।

जसपा, माओवादी लगायतका दलहरूले सबै विकल्प खुला रहेको बताइरहेका बेला राप्रपा भने अहिलेसम्म रिजर्भ नै देखिएको छ।

‘सरकारमा जाने कुरा हाम्रो प्राथमिकतामै छैन,’ सेतोपाटीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले भने, ‘जनमत हामीलाई विपक्षमा बस्नेगरी आएको छ। पहिले सबै नतिजा आओस् त्यसपछि पार्टीमा छलफल हुनेछ। तर, सरकार हाम्रो प्राथमिकतामा छैन।’

गृहजिल्ला झापामै रहेका उनले अब चुनावी गठबन्धन नै कायम रहन्छ कि रहन्न भन्ने सवालमा पनि प्रष्ट कुरा गर्न चाहेनन्।

‘सरकार प्राथमिकतामा नभएपछि यो बारे के गर्ने भन्ने कुरा पनि प्रष्ट भएको छैन,’ उनले भने, ‘अब नतिजा आइसकेपछि केन्द्रीय कार्यसमितिमा छलफल हुनेछ। त्यसपछि केही धारणा बन्ला।’

Related posts

सरकारले ल्याएकाे शिक्षा विद्येयक संघियता विराेधी : जनमत पार्टी पर्सा

MadhesKhabar

केयर रेटिङ र इक्राले सेयर बजारमा लगानीकर्ताको रकम डुबाउने काम गरिरहेका छन् : यादव

MadhesKhabar

पर्सा–१ मा प्रदीप यादवलाई जिताउन वीरगन्जका एमाले नेताकार्यकर्ताले देखाए एकजुटता

MadhesKhabar

Leave a Comment