Madhes Khabar
राजनीति

वीरगन्ज–२६ सुगौलीमा आयोजित रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साहपूर्ण सहभागिता

वीरगन्ज,१८फागुनः पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २६, सुगौली टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

घरदैलोका क्रममा जेन–जी युवाहरू, ज्येष्ठ नागरिक, महिला तथा स्थानीय समर्थकहरूले उम्मेदवार कानुलाई अबिर र गम्छा लगाएर आत्मीय स्वागत गरेका थिए। कार्यक्रममा सहभागी स्थानीयवासीहरूसँग प्रत्यक्ष संवाद गर्दै कानुले कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताए।

“जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम ल्याउनेछु,” उनले भने, “स्थानीय तहदेखि संघीय तहसम्मको समन्वयमा योजनाबद्ध विकास अघि बढाइनेछ।” उनले कृषकका लागि मल व्यवस्थापन, युवाहरूलाई रोजगारीमुखी तालिम तथा सीप विकासका कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता पनि व्यक्त गरे।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले रास्वपा नेतृत्वमा आएपछि दलित समुदाय लक्षित स्वास्थ्य सुधार, शिक्षामा पहुँच विस्तार तथा स्थायी रोजगारीका अवसर सिर्जना गरिने विश्वास व्यक्त गरेका छन्। विकास, रोजगारी, शिक्षा र कृषिलाई केन्द्रमा राखेर जनताको आवश्यकता अनुसार काम गर्ने उनको भनाइ थियो।

Related posts

रौतहटको मौलापुरकी मेयर साहलाई पुनर्बहाली गर्न सर्वाेच्चको अन्तरिम आदेश

MadhesKhabar

मधेसका मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको ठहर गर्दै सर्वाेच्चद्वारा अन्तरिम आदेश जारी

MadhesKhabar

काठमाडौ महानगरपालिकामा लोसपाको उम्मेदवारी खारेज

MadhesKhabar

Leave a Comment