Madhes Khabar
राजनीति

सरकारले बजेटमा मधेससंग फेरि विभेद गर्‍यो : कांग्रेस केन्द्रिय सदस्य महर

वीरगन्ज,१२असारःनेपाली कांग्रेसका केन्द्रिय सदस्य नैनसिंह महरले सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले नेपाली काँग्रेसलाई कमजोर बनाउने गतिविधी गरिरहेको आरोप लगाएका छन् ।

बिहीबार वीरगन्जमा नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसको शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस र एमालेबीच ७ बुँँदेसहमतिको जगमा बनेको अहिलेको सरकारले जनतामा उत्त्साह जनाउने खालका कुनैपनि काम नगरेको टिप्पणी गरे । जसका कारण कांग्रेसपनि जनताकाबीचमा बदनाम भइरहेको र यसले कांग्रेस पार्टी कमजोरपनि बन्दै गइरहेको उनले बताए ।

उनले भने,‘ यो सरकार बनेको १ वर्ष भइसकेको छ । तर सरकारले सरकारले जनतामा उत्साह जगाउने काम गर्न सकेको छैन ।सरकारमा कांग्रेसपनि छ ।तर सरकार सरकारको नेतृत्व गरिरहेको दल एमालेले कांग्रेसलाई कमजोर बनाउने गतिविधी गरिरहेको छ ।जबकि संघ, प्रदेश र स्थानीय तह सबैमा कांग्रेस सबै भन्दा ठूलो दल हो । तर सरकारमा हालीमुहाली एमालेको मात्रै छ । कांग्रेस निरीह बनेको छ ।’

राजनीतिक दलका नेता–कार्यकर्ता इमान्दार र चरीत्रवान भएमात्र सरकारले जनताको हितमा काम गर्न सक्ने उनले बताए ।त्यसका कारण अहिले हरेक राजनीतिक दलभित्र शुद्धिकरण अभियान चलाउन आवश्यक रहेको भन्दै उनले उक्त अभियानको सुरुवात कांग्रेसभित्रैबाट थाल्नु पर्नेमा जोड दिए ।

कांग्रेसको अहिलेको नेतृत्वले पार्टीको १५ औं महाधिवेशन निर्धारित समयमै गर्नका लागि चासो नै र नदेखाएका कारण महाधिवेशन तोकिएको समयमा हुन सक्ने सम्भावना क्षीण हुदैं गएको केन्द्रिय सदस्य महरले बताए । कांग्रेसको महाधिवेशन निर्धारित समयमै गर्नका लागि देशभरबाट नेता–कार्यकर्ताले नेतृत्वलाई दबाब दिनुपर्ने उनले बताए ।

फरक प्रसंगमा महरले संघीय सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा मधेस प्रदेशसंग फेरि विभेद गरेको टिप्पणी गरे । उनले भने,‘देशलाई सबैभन्दा बढी राजस्व संकलन गरेर दिने प्रदेश मधेस प्रदेश हो । सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने प्रदेशपनि मधेस नै हो । तर संघीय सरकारले अहिले ल्याएको बजेटमा मधेस प्रदेशसंग विभेद गरिएको छ ।’

उनले केन्द्र, प्रदेश र स्थानीयत तहले अहिले ल्याएका बजेट ब्रम्हलुट मच्चाउने सोचले ग्रसीत रहेको बताए । कांग्रेस केन्द्रिय सदस्य महरले देशमै रोजगारीको श्रृजना गरेर युवाहरुको विदेश पलायन रोक्न र विदेशिएका युवाहरुलाई स्वदेश फर्काउने वातावरण बनाउन सरकारसंग मागपनि गरे।

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति विजय सर्राफ,प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी, प्रेस युनियनका मधेस प्रदेश लेखा समिति सदस्य तथा नेपाल पत्रकार महासंघ पर्साका जिल्ला कार्यसमिति सदस्य राहुल गुप्ता लगायतकाकोपनि उपस्थिती थियो ।

Related posts

हार्ने डरले अत्तालिएका दलालहरुले जातियताको कुरा उठाइरहेका छन् : उपेन्द्र यादव

MadhesKhabar

पर्सामा जसपाका केन्द्रिय र प्रदेश सदस्य सहित ६९ जनाले पार्टी छाडे

MadhesKhabar

बारामा पत्रकार सम्मेलन गरि राष्ट्रिय जनता दल पार्टीको घाेषणा

MadhesKhabar

Leave a Comment