Madhes Khabar
राजनीति हेडलाइन

पर्सामा राजेश्वर साह तेलीसंगै अरु कसले लियो उम्मेदवारी फिर्ता ?

वीरगन्ज,९माघःपर्साका दुई निर्वाचन क्षेत्रबाट दुई जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् ।क्षेत्र नम्बर २ बाट कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजेश्वर साह तेली र क्षेत्र नम्बर ४ बाट पिपुल्स फोर्स पार्टीका फिरोज अन्सारीले उम्मेदवारी फिर्ता लिएका हुन्। विगतमा कांग्रेसबाट मधेस प्रदेशसभा सदस्यमा विजयी भएका तेलीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

अब पर्साका चार वटै निर्वाचन क्षेत्रबाट १ सय ७ उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये ६४ जना दलका र ४३ स्वतन्त्र उम्मेदवार छन्। क्षेत्र नम्बर १ मा ३० उम्मेदवार मध्ये १० जना स्वतन्त्र छन् । क्षेत्र २ का ३१ उम्मेदवार मध्ये १३ स्वतन्त्र छन्। क्षेत्र ३ मा २३ उम्मेदवार रहेकोमा ९ जना स्वतन्त्र छन् । क्षेत्र ४ मा २३ उम्मेदवारमध्ये ११ जना स्वतन्त्र छन् ।

Related posts

पर्सामा विकास बजेट ४२ प्रतिशत मात्र खर्च

MadhesKhabar

वीरगन्ज महानगरले आयोजना गरेको इफ्तारीमा ५ हजार भन्दा बढि मुस्लिम धर्मावलम्बी सहभागी

MadhesKhabar

वीरगन्जमा हैजा समुदायस्तरमै फैलिन थालेपछि विद्यालय २ दिनका लागि बन्द,२५ वटा टोली परिचालन

MadhesKhabar

Leave a Comment