
वीरगन्ज, २६ चैत : पवित्र पर्ब रमजानको रोजा बसेका मुस्लिम धर्मावलम्बीहरुका लागि आइतबार वीरगन्जको पुरानो बसपार्कमा संयुक्त इफ्तारी समारोह सम्पन्न भएको छ ।
वीरगन्ज महानगरपालिकाको आयोजनामा भएको इफ्तारीमा महानगरको ३२ वटै वडाका करिब ५ हजारभन्दा बढी मुस्लिम धर्मावलम्म्बीहरु सहभागी भएका थिए । आइतबार साँझ आयोजना गरिएको इफतारीमा उनिहरुले विभिन्न परिकारका साथै जलपान ग्रहण पनि गरेका थिए ।

त्यसअवसरमा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले मुस्लिम ईस्लाम धर्मावलम्बीहरुयको सबैभन्दा ठूलो पर्व रमजानको अवसर पारेर आयोजना गरिएको इफ्तारीमा सहभागि सबैलाई शुभकामना दिँदै धन्यवाद पनि ब्यक्त गरे ।

इफ्तारी कार्यक्रममा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलका साथै महानगरका विभिन्न वडाका वडाध्यक्षहरु , अन्य धर्मका अगुवा , महानगरपालिकाका कर्मचारी लगायतको पनि सहभागिता थियो ।


