
क्रान्ति शाह
वीरगन्ज , २३ बैशाख : पर्साको पोखरीया नगरपालिकामा नेपाली काँग्रेसले आफना प्रतिबद्धता सहितको चुनावी घोष्णापत्र सार्वजनिक गरेको छ ।
पोखरीयामा चुनावी सभा गरेर पर्साका शीर्ष नेताहरुको उपस्थितीमा काँग्रेसले आफनो चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।
कार्यक्रममा पोखरीया नगरपालिकाको काँग्रेसका मेयर उम्मेदवार दिप नारानयण रौनीयार (मन्टु) , उपमेयरकी उम्मेदवार रेहाना खातुन , काँग्रेस केन्द्रिय सदस्य रमेश रिजाल , जिल्ला सभापति जनार्दन सिंह क्षेत्री , क्षेत्रीय सभापति श्रीकृष्ण चौहान लगायले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
काँग्रेस पोखरीयाको चुनावी घोषणापत्रमा पोखरीयाको सडक विकास र नगरको समृद्धिलाइ प्राथमिकतामा राखिएको छ । यस्तै बेरोजगारी अन्त्य , कृषिमा आधुनिकिकरण , स्वास्थ्य , शिक्षा , सुशासनका बुँदा पनि काँग्रेसको चुनावी घोषणा पत्रमा समावेश छन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य रमेश रिजालले काँग्रेसले जे बोल्ने त्यहि गर्ने भएकाले पोखरीयाको चुनावी घोषणापत्रमा गरिएका वाचाहरु काँग्रेसका जनप्रतिनिधीहरुले कार्यान्वयनमा ल्याएरै छाड्ने बताए ।
रिजालले भने,‘ अरु जस्तो झुठकोपुलिन्दा बाँध्ने पार्टी काँग्रेस होइन , यसले जे बोल्छ त्यहि गर्छ , र गर्न सक्ने काम मात्रै बोल्छ , जनतालाइ भ्रममा राख्दैन ।
रिजालले मुलुकमा भएका हरेक राजनीतिक संकटको निकास काँग्रेसले नै दिएको भन्दै पोखरीयामा पनि युवा नेतृत्व मन्टुलाइ चुनावी मैदानमा उतारकोले काँग्रेसका उम्मेदवारलाइ बहुमतका साथ जिताउन अपिल गरे ।
चुनावीसभालाइ काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री , जिल्ला प्रवक्ता रमेशनाथ पाण्डे , क्षेत्रिय सभापति श्रीकृष्ण चौहान , मेयरका उम्मेदवार मन्टु लगायतले पनि सम्बोधन गरेका थिए ।
्

