Madhes Khabar
राजनीति

मधेसी सहिदकाे सम्मानमा लाेसपालेपनि वीरगन्जमा मनायाे बलिदानी दिवस

वीरगन्ज,५माघ:मधेस आन्दाेलनका सहिद र घाइतेहरुकाे सम्मानमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि वीरगन्जमा बलिदानी दिवस मनाएकाे छ।

लाेसपाका नेता कार्यकर्ताले वीरगन्जको घणटघर चाेकमा शुक्रबार साँझ दीप प्रज्वलन गरेर बलिदानी दिवस मनाएका हुन् ।

कार्यक्रममा लोसपाका पर्सा जिल्ला अध्यक्ष पुरुषाेत्तमलाल झाले मधेस प्रदेशको आठ जिल्लामा मात्र नभई पुर्वदेखि पश्चिमसम्मका २२ जिल्ला समेटेर समग्र मधेस एक प्रदेश चाडै बनाइने र त्यस्का लागि चाडैं लाेसपाले आन्दोलनको बिगुल फुक्ने बताए।सहिदहरुको नाम र रगत बेचेर आज केही दलहरुले सत्ताको भाेक मेटाउदै आएको भन्दै उनले र आम मधेसी जनताले त्यस्ता दल र नेतालाई पहिचान गरि आउने चुनावमा गतिलाे जवाफ दिने चेतावनीसमेत दिए।

झाकै अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य प्रतिभा जोशी, उषा श्रीवास्तव, रेखादेवी कर्ण,सन्ताेष तिवारी, मौलाना साबिर अन्सारी, महानगर अध्यक्ष सेख फिरोज लागायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Related posts

असाेज ३ : मधेसका लागि कालाे दिन भन्दै वीरगन्जमा लाेसपाकाे विराेध प्रदर्शन

MadhesKhabar

पर्सामा जसपा–एमाले गठबन्धन जिताउन संयुक्त महिला परिचालन समिति गठन

MadhesKhabar

मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न माग गर्दै जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

Leave a Comment