Madhes Khabar
राजनीति

असाेज ३ : मधेसका लागि कालाे दिन भन्दै वीरगन्जमा लाेसपाकाे विराेध प्रदर्शन

मधेसखबर
वीरगन्ज ,०३ असाेज : लाेकतान्त्रिक समाजवादी पार्टी (लमेसपा) ले संविधान जारी भएकाे असोज ३ गतेलाई कालाे दिन भन्दै वीरगन्जमा साेमबार प्रदर्शन गरेकाे छ ।

सरकारले साेमबार असाेज ३ गते संविधान दिवस मनाई रहँदा लाेसपाले भने कालाे दिन भन्दै वीरगन्जमा प्रदर्शन गरेकाे हाे ।लाेसपा पार्टी कार्यालयबाट नेता कार्यकर्ताहरुकाे सहभागितामा निकालिएकाे विराेध जुलुश नगरकाे परिक्रमा पछि घणटघर चाेकमा पुगेर विराेधसभामा परिणत भएकाे थियाे ।

विराेधसभालाई सम्बोधन गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का नेता शशीकपुर मियाँले मधेसी जनताकाे छातीमा गाेली हानेर बनाईएकाे संविधान अधुराे र अपुराे रहेकाे बताए । उनले मधेस विद्राेहका एजेन्डा र मधेसीका सबै अधिकार संविधानमा नसमेटिए सम्म असाेज ३ लाई लाेसपाले कालाे दिनका रुपमा मनाइरहने बताए ।

मधेसी जनताकाे अधिकार बञ्चित गरिएको संविधान आफूहरुलाई मान्य नहुने पनि उनले बताए । उनले भने, मधेस आन्दाेलन र मधेसी जनताकै दबाबका कारण संविधान सभाको निर्वाचन भयाे तर संविधान जारी गर्ने बेला को तर काँग्रेस, माओवादी र एमालेले मधेशसी जनताकाे अधिकार संविधानमा समेटेनन् , मधेसीकाे छातीमा गाेली ठाेकेर जबरजस्ती संविधान जारी गरे ।

उनले संविधान संशोधन गरि मधेसी, मुश्लिम, जनजाति , दलित , महिलाकाे अधिकार नसमेटे सम्म असाेज ३ लाई लाेसपाले कालाे दिनकै रुपमा मनाइरहने स्पष्ट पारे ।

लाेसपाका वीरगन्ज महानगर उपाध्यक्ष शेख फिराेजकाे अध्यक्षतामा भएकाे कार्यक्रममा लाेसपाका केन्द्रीय सदस्य रामचन्द्र पण्डित ,नेताहरु अनिरुद्र कलवार, विक्की पटेल,सुरज पटेल लगायतको सहभागीता थियाे ।

Related posts

टिकटक बन्द हुदाँँ मौसमी राजनीति गर्ने नेताहरूमा रुवाबासी चलेको छ : सांसद यादव

MadhesKhabar

जनतामा रहेको निराशा चिर्न ‘समुदायमा कांग्रेस’ अभियान चलाइएको हो : गगन थापा

MadhesKhabar

नयाँ दल जसपाको केन्द्रिय उपमहासचिवमा प्रदीप यादव र केन्द्रिय सदस्यमा राजेशमान सिंह

MadhesKhabar

Leave a Comment