Madhes Khabar
राजनीति

नयाँ दल जसपाको केन्द्रिय उपमहासचिवमा प्रदीप यादव र केन्द्रिय सदस्यमा राजेशमान सिंह

वीरगन्ज,२३बैशाखः जसपा नेपाललाई फुटाएर अशोक राईको नेतृत्वमा बनेको जसपाको केन्द्रिय उपमहासचिव पर्साका सांसद प्रदीप यादव बनेका छन् ।

यस्तै नयाँ बनेको जसपाको संघीय परिषद अध्यक्ष परिषद् राजेन्द्र श्रेष्ठ , केन्द्रिय अध्यक्ष अशोक राई ,सहअध्यक्ष रेणु यादव, उपाध्यक्षमा नवलकिशोर साह सुढी , रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ तथा महासचिवमा इस्तियाक राई रहेका छन् ।

यस्तै उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा कोषाध्यक्षमा डा. वीरेन्द्र महतो रहेका छन् ।
यस्तै केन्द्रिय सदस्यमा पर्साबाट वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह , मोहनलाल चौधरी र पिंकीदेवी यादव तथा बाराबाट प्रमोद गुप्ता र पारस साह रहेका छन् ।

राई अध्यक्ष रहेको नयाँ दल जसपा दर्ताका लागि जसपा नेपालका संघीय ७ सांसद र २९ केन्द्रिय कार्यकारिणी सदस्यले आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । नयाँ दलको चुनाव चिह्न मुट्ठी दाबी गर्दै आयोगमा निवेदन दर्ता गराइएको छ ।

Related posts

ठाकुरराममा स्ववियु चुनाव हुनै पर्ने माग गर्दै विधार्थी नेताहरु अनसनमा

MadhesKhabar

मधेस प्रदेशमा असंवैधानिक नियुक्त मुख्यमन्त्रीले गर्ने निर्णयहरु रोक्का गर्न विद्यार्थी र युवा संगठनको माग

MadhesKhabar

अब पनि नागरिकता विधेयक पास नभए आन्दोलन गर्ने सांसद यादवको चेतावनी

MadhesKhabar

Leave a Comment