वीरगन्ज,२३माघ: नेकपा एमाले वीरगन्ज महानगर कमिटीको आयोजनामा केन्द्रिय उपमहासचिव तथा युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति तथा जसपाका युवा नेता मुकेश द्विवेदी, वीरगन्ज- ९ का पूर्व वडा अध्यक्ष मनोज कलवार, वडा नम्बर ३ का पूर्व वडा सदस्य तथा न्यायिक समितिका पूर्व सदस्य तुफैल अख्तर लगायतका नेताहरू एमाले प्रवेश गरेका छन्।
कार्यक्रममा नवप्रवेशीहरुलाई एमालेका केन्द्रीय उपमहासचिव योगेश भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गरे।एमाले महानगरका अध्यक्ष लियाकत अलीकाे अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्जका पूर्वमेयर तथा एमाले केन्द्रीय सदस्य विजय सरावगी, पर्सा-२ का एमाले उम्मेदवार रिमा यादव लगायतकाकाे पनि उपस्थिति थियाे।

