Madhes Khabar
राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न एकिकृत समाजवादी पर्साको माग

वीरगन्ज, ७ जेष्ठ : नेकपा एकिकृत समाजवादी पर्साले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई ज्ञापन–पत्र बुझाएको छ ।नेकपा (एकिकृत समाजवादी) पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाको नेतृत्वमा पार्टीका नेताहरुले आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

नेकपा एकिकृत समाजवादीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउन गरिएको मानव बेचविखन र भ्रष्टाचारको काण्ड विरुद्ध आफनो पार्टी खुल्ला रूपमा सडकमा उत्रेको कुरा जानकारी गराउदै उक्त काण्डमा संलग्न सबैलाई पक्राउ गरि हदैसम्मको कानूनी कारबाहीको माग गरेको छ । त्यसैगरी जघन्य अपराधमा संलग्न भएका सबैलाई कावाही गर्न र तिनीहरुलाई कुनै पनि बहानामा दोषमुक्त नबनाउन वा मुद्दालाई कमजोर तथा निष्प्रभावी नगर्न पनि नेकपा एकिकृत समाजवादीले सरकारसंग माग गरेको छ ।

ज्ञापन–पत्र बुझदै पर्साका प्रमुख जिल्ला अधिकारी रेग्मीले उक्त ज्ञाापन–पत्र छिटै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।
ज्ञापन–पत्र बुझाउन गएको टोलीमा नेकपा एकिकृत पर्साका लेखा समिति सदस्य किशोरी कुशवाहा,पार्टीका पर्सा उपाध्यक्ष गंगा खड्का,सचिव बिक्रम चौरसिया,वीरगन्ज महानगर अध्यक्ष मनोज चौधरी,सचिव बृजलाल पासवान, पटवारी बैठा लगायतको सहभागीता थियो ।

 

Related posts

काँग्रेस केन्द्रीय सदस्य रिजालको निर्देशन : बागीलाई दया देखाउन जरुरी छैन , गठबन्धनलाई नै भाेट हाल्नु हाेला

MadhesKhabar

जसपालाइ फुटाएर संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको छ: मुख्यमन्त्री राउत

MadhesKhabar

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नछाड्ने

MadhesKhabar

Leave a Comment