Madhes Khabar
राजनीति

पर्सा ३ को (क ) मा प्रमोद जयसवालको उम्मेदवारी

मधेसखबर
वीरगन्ज,२३ असोज : जनता समाजवादी पार्टी (जसपा) बाट टिकट नपाएपछि समाजसेवी प्रमोद जयसवाले प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

पर्सा सुखुवा प्रसौनी गाँउपालिका ५ महुवन निवासी जयसवालले पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को (क) मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् । जसपा र एमाले बिचको गठबन्धनमा उत्तःm क्षेत्र एमालेको भागमा परेको छ । एमालेबाट त्यस क्षेत्रमा मन्जुर अन्सारीले र सत्ता गठबन्धनबाट माओवादी केन्द्रका छोटेलाल यादवले उम्मेदवारी दिएका छन् ।

अन्र्तराष्ट्रिय गैरसरकारी संस्था एक्सन एड इन्टरनेशनलको क्षेत्रीय निर्देशक रहेर लामो समय काम गरिसकेका जयसवालले दलको अधिनमा बसेर जनताको सेव ागर्न नसकिने भएकाले स्वतन्त्र भएर उम्मेदवारी दिएको बताए । सखुवा प्रसौनी गाँउपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवालको दाजु समेत रहेका जयसवालले आफनो क्षेत्रका जनताको माग र चाहना अनुसार पनि आफुले उम्मेदवारी दिएकाले जित सुनिश्चित रहेको बताए ।

Related posts

आन्दोलनका उपलब्धि जोगाउन जनमत पार्टीलाई जिताउनुपर्ने — उम्मेदवार ओमप्रकाश सरार्फ

MadhesKhabar

जेनजी आन्दोलनकारीलाई धरपकड गर्ने काम सरकारले तत्काल रोक्नु पर्छ : प्रभु साह

MadhesKhabar

निजीलाई पालेर सरकारी विद्यालयलाई विस्थापन गर्न शिक्षा विधेयक ल्याइएको सांसद यादवको आरोप

MadhesKhabar

Leave a Comment