वीरगन्ज,२४फागुन : यसपालिको निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा पनि समानुपातिक तर्फको मतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै भन्दा धेरै मत प्राप्त गर्दै पहिलो दल बनेको छ ।
आइतबार अपरान्ह सकिएको पर्सा–१ को समानुपातिकतर्फको मतगणनाको अन्तिम परिणाम अनुसार, रास्वपाले ३४ हजार ४६३ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । पर्सा–१ मा प्रत्यक्षतर्फ रास्वपाकै उम्मेदवार बुद्धि प्रसाद पन्त (हरि पन्त) २७ हजार २ सय ७४ मतका साथ निर्र्वाचित भएका छन् ।
पर्सा–१ मा सामानुपातिक तर्फ नेपाली कांग्रेसलाई पछाडि पार्दै नेकपा एमाले दोस्रो द लबनेको छ । पर्सा–१ मा एमाले ९ हजार २३१ मतका साथ दोस्रो भएको हो । कांग्रेस ८ हजार २६७ मतका साथ तेस्रो भएको छ । यस्तै राप्रपा ३ हजार २४० मतका साथ चौथो र जसपा नेपाल १ हजार ९९ मतका साथ पाँचौ भएको छ ।

