वीरगन्ज,१७ फागुनःपर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुंगटाले चुनावी घरदैलो अभियानलाई अझ तीव्र पारेका छन् । आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १५ मा पर्ने भेडियाहीका टोलहरुमा नेताकार्यकर्ता र समर्थकहरुका साथ पुगेका रुंगटाले मतदातासँग भेटेर प्रत्यक्ष संवादपनि गरेका छन् ।
त्यसक्रममा उनले विकास, रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र पूर्वाधार विस्तारलाई आफ्नो प्राथमिकतामा राखेको बताए।रुंगटाले पर्सा–१ लाई समृद्ध क्षेत्र निर्माणका लागि साझा सहकार्य अपरिहार्य रहेको धारणा राखे ।
महिला सशक्तीकरणलाई विशेष प्राथमिकतामा राखेको भन्दै उनले महिला उद्यमशीलता प्रवद्र्धन, सीपमूलक तालिम, सहुलियतपूर्ण ऋण र महिला सहकारी सशक्तीकरणमार्फत महिलालाई आर्थिक रूपमा सबल बनाउने योजनापनि मतदाताहरुलार्य सुनाए। उनले भने,‘महिला सशक्तीकरण बिना समृद्ध समाज निर्माण सम्भव छैन।त्यसकारण महिलाहरुलाई आत्मनिर्भर बनाउने योजनाहरु मसंग छन् ।’
रुंगटाले युवा स्वरोजगार प्रवद्र्धन, कृषि आधुनिकीकरण, साना उद्योग विकास र स्थानीय उत्पादनको प्रभावकारी बजारीकरणमा पनि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

