Madhes Khabar
राजनीति

जनतामा रहेको निराशा चिर्न ‘समुदायमा कांग्रेस’ अभियान चलाइएको हो : गगन थापा

वीरगन्ज,२१माघःनेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको राजनीतिक व्यवस्थाप्रति जनतामा रहेको निराशा चिर्न समुदायमा कांग्रेस अभियान चलाइएको बताएका छन् ।

वीरगन्जमा शनिबार अंकुश दैनिक पत्रिकाकाको रजत समारोहलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले राजनीतिक ददल र व्यवस्थाप्रति बढ्दै गएको निराशालाई चिर्न वडा तहसम्मै पुगेर आम नागरिकको समस्यालाई बुझेर समाधानको प्रयासका लागि कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गरेको बताए। यो अभियानले पार्टीको आसन्न महासमिति बैठकलगायत पार्टीको नीति निर्माणका क्रममा मार्गदर्शनको रुपमा मद्धत गर्नेपनि उनले बताए ।

अहिले सबैतिर देश बर्बाद भयो , सबै सक्कियो जस्ता निराशाको भाष्य निर्माण गइरहेको भन्दै उनले राजनीतिक दल आँफैले ल्याएकोे अहिलेको व्यवस्थाप्रति उठेका प्रश्नहरुको जवाफ दलहरुले नै दिनु पर्नेमा जोड दिए । अहिलेको व्यवस्थाप्रति अरु दलललाई प्रश्न गर्ने छुट भएपनि कांग्रेससंग भने प्रश्न गर्ने छुट नभएको उनले बताए । उनले भने,‘ किनकि कांग्रेस सत्ताधारी दल मात्र नभइ सबै भन्दा ठूलो दल पनि हो । त्यसकारण हामीलाई छुट छैन । ८४ सम्म कुर्ने होइन । आजैदेखि जनताको गुनासा र देशका समस्या सम्बोधनका लागि कांग्रेस लाग्नुपर्छ।’

दलहरु ठिक भए देशको अवस्था आँफै ठिक हुनेपनि थापाको भनाई थियो । उनले मधेसका समस्या प्रतिपनि कांग्रेस जिम्मेवार बन्नुपर्ने बताए ।

अंकुश दैनिकका प्रकाशक दिपेन्द्र चौहानको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका सहमहामन्त्रीद्वय बद्री पाण्डे र जिवन परियार , जसपााका प्रमुख सचेतक प्रदीप यादव ,कांग्रेसका केन्द्रिय सदस्यहरु अजय चौरसिया,अनिल रुङ्गटा ,किरण यादव, अजयबाबु शिवकोटी, प्रतिमा गौतम,प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री लगायतकोपनि सहभागीता थियो ।

Related posts

नयाँ सरकारमा बाराबाट एमाले सांसद ज्वाला साह कृषि मन्त्री

MadhesKhabar

जसपा नेपालबाट फुटेर बनेको अशोक राईको पार्टी दर्ता यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

MadhesKhabar

बारा २ : उपेन्द्रले बनाए ५ हजार भन्दा बढिको अग्रता

MadhesKhabar

Leave a Comment