Madhes Khabar
राजनीति

युवाको रगतमाथि सत्ता कु गरेको आरोप लगाउँदै प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गर्न माग

काठमाडौं,५कात्तिकः जेनजी आन्दोलनका क्रममा पक्राउ समेत परेका एकजना अगुवा रवि किरण हमालले प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गरी निष्पक्ष छानविन थाल्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षकलाई निवेदन दिएका छन् ।

राप्रपानिकट भनेर आन्दोलनका बेला विवादमा समेत परेका हमालले प्रधानमन्त्री कार्कीविरुद्ध दिएको निवेदन आफ्नै सामाजिक संजालमार्फत सार्वजनिक पनि गरेका छन् ।

हमालले प्रधानमन्त्री कार्कीमाथि जेनजी विद्रोहका क्रममा शहीद भएका युवाको रगतमाथि सत्ता कु गरेको र असंवैधानिक तरिकाले सत्ता कब्जा गरेको आरोप लगाएका छन् ।

हमालले कार्की नेतृत्वको सरकारमा रहेका व्यक्तिहरु पनि देशविरुद्ध गतिविधि गरेका र राज्यका विभिन्न निकायमा छानविनको क्रममा रहेका पात्रहरु रहेको आरोप लगाएका छन् । उनले जेन्जी आन्दोलनमा आएर कार्कीले आन्दोलनकारीलाई उक्साएर द्धन्द्धमा लगेको आरोप लगाएका छन् ।

निर्दोष युवाहरुको हत्या र दमनमा संलग्न व्यक्तिहरुलाई कार्कीले प्रोत्साहन गरेर निर्वाचनका नाममा तीनै व्यक्तिहरुलाई बोलाएर वार्ता गरेको भन्दै हमालले उनलाई पक्राउ गरेर छानविन गर्न माग गरेका छन् ।साभारः नेपालप्रेस

Related posts

संकटका बेला जनताको साथमा उभिने नेतालाई जनताले छान्नु पर्ने समय आएको छ : प्रदीप यादव

MadhesKhabar

पर्सामा उपेन्द्र यादवलाई ठूलो झट्का :जिल्ला सचिवसहितका युवा नेताहरु जसपामा प्रवेश

MadhesKhabar

मतदातासंग साेनलले भने : कामकाे मुल्यांकन गरेर भाेट दिनु हाेला

MadhesKhabar

Leave a Comment