वीरगन्ज,४बैशाख : मधेस सरकारका वन मन्त्री रमेश प्रसाद कुर्मीले राजिनामा दिएका छ्न ।कुर्मीको दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि सरकारमा सहभागी लोसपाका मन्त्री कुर्मीले मंगलबार मन्त्री पदबाट राजिनामा दिएका हुन् ।
कुर्मीले मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर राजिनामा पत्रपनि बुझाएका छन् ।मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवले चौथो पटक मंगलबार प्रदेश सभाबाट बिश्वासको मत लिन लिने कार्यक्रम रहेपनि जनमत पार्टीको अवरोधका कारणले यादवले विश्वासको मत लिन पाएनन् ।कुर्मी, पर्साको निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
लोसपाका मधेस प्रदेश अध्यक्ष तथा प्रदेश सभा सदस्य जितेन्द्र सोनलले मुख्यमन्त्री यादवको कार्यशैली ठिक नरहेको निष्कर्ष निकाल्दै प्रदेश सरकारलाई लोसपाले दिएको समर्थन फिर्ता लिने पार्टीमा सहमति भइसकेको जानकारी दिए ।

