Madhes Khabar
राजनीति

सुगौलिका मतदाता भन्छन् : यस पटक स्वतन्त्र उम्मेद्वार रुपेशमानलाई जिताएर पठाउछौँ

मधेसखबर
वीरगन्ज, २२ कार्तिक : पर्सा क्षेत्र नम्बर २ को (ख)का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहको पक्षमा मतदान आह्वान गर्दै मतदाताले नै स्वस्फूर्त सुरु गरेको ‘हर घर, रुपेशमान’ अभियानको टोली मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्वर २६ सुगौलीमा पुगेको छ ।
टोलीले सुगौलीको घरघरमा पुगेर स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्न आग्रह गरेको छ ।

सुगौलीका मतदाताले स्वतन्त्र उम्मेद्वार सिंहलाई घरघरमा स्वागत गर्दै फुल माला र अबिर लगाइदिएर विजयको आशिर्वाद दिएका छन् ।यस अघि जितेर गएकाहरु कमिशन कुम्ल्याउनै तल्लिन रहँदा गाउँ पछि परेको भन्दै अब दलका उम्मेद्वार नभई स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा आफूहरु मतदान गर्न तयार भएर बसेको मतदाताहरु बताउने गरेका छन् ।

अब आफ्नो ठाउँको विकासका लागि पनि एक पटक हिम्मत गर्नु पर्ने भन्दै स्थानीय मतदाता सुरजी देवीले यस पटक रुपेशमानलाई जिताउन आफूहरु पनि लागि परेको बताइन् । स्वतन्त्र उम्मेद्वार सिंहले आफ्नो मुख्य एजेण्डा शिक्षा र स्वास्थ्य पूर्ण रुपमा निशुल्क र गुणस्तरीय बनाउने विषयमा केन्द्रित रहेको भन्दै भौतिक विकासलाई पनि सँगै लिएर जाने बताए ।घरदैलोमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

Related posts

सरकारलाई दिएको समर्थन एमालेले आजै फिर्ता लिने

MadhesKhabar

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगरे रवि लामिछानेले दलको नाम फेर्ने

MadhesKhabar

निजगढ विमानस्थलको निर्माण कार्य द्रुत गतिमा हुन्छ :उपप्रधानमन्त्री यादव

MadhesKhabar

Leave a Comment