
मधेसखबर
वीरगन्ज, १० असार : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्ने बताएका छन् ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरेर लामिछानेले भने, ‘हामीलाई विश्वास छ निर्वाचन आयोगले हाम्रो दललाइ मान्यता दिनुपर्छ, दिएन भने नाम फेरेर भएपनि दल दर्ता गर्छौ ।
पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले दल दर्ता ऐन अनुसार आफूहरुको दल दर्ता हुने र नाम परिवर्तन गर्नु परेमा फेरि घोषणा सभा नहुने स्पष्ट पारे ।
दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राख्दा स्वतन्त्र उम्मेदवार बन्नेहरुप्रति अन्योल हुने भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । साभार : अनलाइनखबर

