काठमाडौं,१९असारः नेकपा एमालेले सरकारलाई दिएको समर्थन आजैै फिर्ता लिने भएको छ ।मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले आजै समर्थन फिर्ता लिने भएको हो ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने बताए ।उनले भने,‘संसद्को दुई ठूला दल एमाले र कांग्रेस मिलेर जाने निर्णय भएपछि प्रधानमन्त्री प्रचचण्डले राजीनामा गरेर सहयोग गर्नु राम्रो कुरा हो । किनकि उहाँको अंक पुग्दैन, सरकार चल्दैन। तर उहाँ प्रक्रियामा जान चाहनु हुन्छ भने हामी आजै समर्थन फिर्ता लिन्छौं । हाम्रा मन्त्रीहरु सरकारबाट फर्कनु हुन्छ ।’
आाजै अपरान्ह ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाबारे निर्णय हुने उनले बताए । गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको थियो ।

