Madhes Khabar
राजनीति

ठाकुरराम क्याम्पसमा विद्यार्थी जनमत संघकाे ईकाइ समिति गठन

वीरगन्ज,२५पुष:वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा जनमत पार्टी निकटकाे विद्यार्थी जनमत संघकाे क्याम्पस ईकाइ समिति गठन गरिएको छ।

बुधबार क्याम्पसकाे सभाकक्षमा आयाेजित नेता कार्यकर्ताहरुकाे भेलाले अभिषेक झाकाे अध्यक्षतामा ३१ सदस्यीय क्याम्पस ईकाइ समिति गठन गरेकाे हाे।

विद्यार्थी जनमत संघका जिल्ला अध्यक्ष विवेक कुमार झाको अध्यक्षतामा र संघका केन्द्रीय उपाध्यक्ष सुमन यादवको प्रमुख आतिथ्यतामा आयाेजित भेलामा जनमत पार्टीका जिल्ला सहईन्चार्ज मुकेश कुमार द्विवेदी,जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफ, विद्यार्थी नेता विजय यादव,युवा नेता उमाशन्कर गुप्ता ,जिल्ला कोषाध्यक्ष अभिषेख तिवारी,महिला नेतृ अंजना साह, युवा जनमत संघका अध्यक्ष राजु राज गिरी, महानगर अध्यक्ष संजय सिंह लगायतकाेपनि सहभागिता रहेको थियो।

Related posts

वीरगन्जमा राजावादीलाई खबरदारी गर्दै एमालेद्वारा गणतन्त्रको पक्षमा शक्ति प्रदर्शन

MadhesKhabar

बारा-२ मा रास्वपाबाट चुनाव लड्न रमेश खरेल तयार

MadhesKhabar

वीरगन्जमापनि मनाइयाे सहिद राममनोहर यादवको सातौं स्मृति दिवस

MadhesKhabar

Leave a Comment