Madhes Khabar
राजनीति

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयले भने : अंग्रेजीमा भाषण होइन,जनसेवक बन्न राजनीतिमा आएको हुँ

वीरगन्ज,१२फागुनःपर्साको क्षेत्र नम्बर ३ मा पर्ने बहुदरमाई नगरपालिका वडा नम्बर १ बिश्रामपुरमा मंगलबार नेकपा एमालेको चुनावी घरदैलो तथा जनसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयले पार्टीका नेताकार्यकर्ताहरुका साथ बिश्रामपुरमा पुग्दा त्यहाँका स्थानीयले उनको स्वागत गर्दै समर्थन जनाएका छन् ।घरदैलोका क्रममा जनसंवाद पनि गरेका एमाले उम्मेदवार पाण्डेयले मुलुकको विकास र समृद्धिको खाका एमालेसंग मात्रै भएकाले ढुक्क भएर एमालेलाई मतदान गर्न आग्रह गरे ।

पर्सा–३ का हरेक गाँउ र टोलमा पुगेर जनताका समस्या र अपेक्षा आँफुले बुझिसकेको भन्दै उनले भने,‘राजनीतिमा नयाँ छु । तर क्षेत्रका जनताको समस्याबारे जानकार छु । यहाँको कृषि, शिक्षा,स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राखेर काम गर्छु ।’ उनले आँफु अंग्ैजीमा भाषण गर्न नभई जनताको काम गर्न राजनीतिमा आएको बताए ।

एमाले उम्मेदवार पाण्डेयले जनताकोबीचमा रहेर आँफुले जनताको सेवा गर्ने वाचापनि गरे । घरदैलो कार्यक्रममा एमालेका स्थानीय नेताकार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

Related posts

संविधान संशोधनको कामलाई तत्काल अघि बढाउँछौः कानूनमन्त्री चाैरसिया

MadhesKhabar

कांग्रेस-माओवादीको गठबन्धन भत्कियो : एमालेसंग नयाँ समीकरण

MadhesKhabar

आगामी चुनावमा कांग्रेसले अरु दलसंग गठबन्धन गर्दैन : कांग्रेस नेता काेइराला

MadhesKhabar

Leave a Comment