Madhes Khabar
राजनीति

आगामी चुनावमा कांग्रेसले अरु दलसंग गठबन्धन गर्दैन : कांग्रेस नेता काेइराला

वीरगन्ज,११पुस:नेपाली कांग्रेसका पूर्व महामन्त्री डाक्टर सशांक कोइरालाले आगामी चुनावमा कांग्रेसले कुनै पनि दलसंग गठबन्धन नगर्ने बताएका छन्।

पर्साकाे जिराभवानी गाँउपालिका वडा नंबर ३ मा बिहीबार आयाेजित नेपाली कांग्रेसको १०० दिने विशेष अभियान कार्यक्रममा बाेल्दै नेता काेइरालाले अब चुनावमा कांग्रेसले गठबन्धन नगर्ने बताए ।चुनावपछि भने सरकार गठनका लागि गठबन्धन गर्न सकिने उनले बताए ।

 

उनले आगामी निर्वाचनमा कांग्रेसको एकल बहुमत ल्याउन पार्टीका नेताकार्यकर्ता अहिलेदेखिनै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जाेड दिए।तर चुनावनमा पार्टीले टिकट नदिदाँ आफ्नै पार्टीका उम्मेदवारलाई हराउन अन्तरघात गर्ने साेच राख्नु गलत भएको उनले बताए।

कार्यक्रममम पूर्व उद्योग मन्त्री रमेश रिजालले संविधान संशोधनका लागि कांग्रेस र एमाले मिलेर अहिलेकाे सरकार बनाउनु परेकाे बताए ।सरकारमा अहिले गठबन्धन गरिएको भएपनि आउने निर्वाचनमम एमालेसंगै कांग्रेसको मुख्य प्रतिस्पर्धा हुने भएकाले अहिलेदेखि नै कांग्रेसका नेताकार्यकर्ता सतर्क रहनुपर्ने उनकाे भनाई थियाे।

कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेश सरकारका कृषि मन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मधेस प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ ,प्रदेश सभा सदस्य शंकर चौधरी,जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव,जिराभवानी गाँउपालिकाका अध्यक्ष अनाेज चाैधरी,युवा नेता सराेज चाैरसिया लगायतले पनि सम्बाेधन गरेका थिए।

Related posts

मधेसी शहिदका नाममा पार्क बनाउन माग गर्दै पाेखरिया नगरपालिकामा धर्ना

MadhesKhabar

कृषि , स्वास्थ्य र शिक्षामा सुधार गर्छु :स्वतन्त्र उम्मेदवार चन्द्रकिशाेर

MadhesKhabar

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियालाई समर्थन गर्दै एमालेका जिल्ला सदस्यसहितका नेता कांग्रेसमा प्रवेश

MadhesKhabar

Leave a Comment