Madhes Khabar
राजनीति

ठाकुररामसहित देशभरका क्याम्पसमा हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं,९फागुनःआगामी चैत ५ गते वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसहित देशभरका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव कार्यतालिका सार्वजनिक भएको छ ।शुक्रबार सार्वजनिक चुनाव कार्यतालिका अनुसार, स्ववियु चुनावका लागि संघसंगठन समूह दर्ता गर्ने समय फागुन १९ गतेका लागि तोकिएको छ ।

फागुन २१ ग्ते मतदाता सूची प्रकाशित गर्ने र फागुन २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने समय दिइएको छ । त्यही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।

फागुन २६ गते उम्मेदवारका लागि मनोनयनपत्र वितरण गर्ने कार्यतालिका छ । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय फागुन २७ गतेका लागि तोकिएको छ । त्यही दिन नै दुवै तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने फागुन २८ गतेका लागि तोकिएको छ ।

त्यही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । दुवै तर्फको उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय फागुन २९ गतेका लागि तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली फागुन २९ गते नै सार्वजनिक गरिने छ ।मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।

 

Related posts

नयाँ दल खोल्ने मिराज ढुंगानाको घोषणा

MadhesKhabar

मधेसका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

MadhesKhabar

कांग्रेस र एमालेकै कारणले पूर्वराजा र राजावादीको सक्रियता बढ्योः सीके राउत

MadhesKhabar

Leave a Comment