Madhes Khabar
राजनीति

नयाँ दल खोल्ने मिराज ढुंगानाको घोषणा

काठमाडौं,३१असोजः ’गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले नयाँ दल खोल्ने घोषणा गरेका छन्। यसका लागि नयाँ वार्ता समिति गठन भएको उनले जानकारी दिएका छन्।

शुक्रबार सामाजिक सञ्जालमा भीडीयो पोस्ट गर्दै उनले ’गरिखान देउ’ अभियानमार्फत् नयाँ दल खोल्न लागेको बताए।जेनजी आन्दोलनपछि देशमा नयाँ अवसर आएको त्यसका लागि राजनीतिक पार्टी खोल्नैपर्ने अवस्था आएको उनको भनाइ छ। उनले मुलुकमा देखिएको समस्या निकासका लागि आफू लागिपर्ने बताए।

उनले भने,’ ’देश गम्भीर अवस्थामा छ। जेनजी आन्दोलनमा ७८ जना नेपालीले ज्यान गुमाएका छन्। देशले निकाश खोजिरहेको छ,’उनले भने,’आमूल परिवर्तन ल्याउन शान्तिपूर्ण रुपमा डटेर लाग्नेछौं।’

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीलाई मताधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रण आफ्ना मुख्य एजेण्डा रहेको बताए। उनले देश फेर्ने अभियानमा आउन समेत आग्रह गरे।कार्तिक गते १ गते पत्रकारसम्मेलन गरी थप जानकारी दिइने उनको भनाइ छ।

Related posts

नयाँ प्रधानमन्त्री बालेन शाहको शपथ आज

MadhesKhabar

पर्सा २ का मतदाता भन्छन् : हिन्दु राष्ट्रका लागि हाम्रो भोट राप्रपालाई

MadhesKhabar

राजवादीलाई काउन्टर दिन ओेलीकाे निर्देशनमा एमालेमा ‘म झोले हो’ पोस्टर ट्रेन्ड

MadhesKhabar

Leave a Comment