Madhes Khabar
राजनीति

खड्का पक्ष कांग्रेस महाधिवेशनमा सहभागी हुने

काठमाडौं,२७ भदौं :नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खडका पक्ष असोज ३ बाट सुरु हुने १५ औं महाधिवेशनको प्रक्रियामा सहभागी हुने भएको छ । यसअघि आफैंले अघि सारेका माग सम्बोधन गर्न सभापति गगन थापा र उनको टिम प्रतिबद्ध भएपछि खड्का पक्ष महाधिवेशनमा सहभागी जनाउन सहमत भएको हो ।

खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आइतबार ै केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । गत वैशाख दोस्रो साता खड्काले पूर्वसभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै आठ बुँदे माग सभापति थापालाई पठाएका थिए ।

त्यसमध्ये १४ औं महाधिवेशनबाट पदाधिकारी तथा केन्दीय सदस्य भएका तर विशेष महाधिवेशनपछि बाहिर परेकाहरुको समायोजन मुख्य विषय थियो । यस्तो संख्या देउवा, खड्का र कोइराला पक्षका समेत गरेर १ सय ११ जना थियो ।साभारः कान्तिपुर

Related posts

वीरगन्जका मतदाता भन्छन् : प्रदीपले गरेका काम नै उनको जित्ने आधार हो

MadhesKhabar

केन्द्रदेखि मधेससम्म उपेन्द्र यादवलाई सत्ता बाहिर राख्ने राणनीतिमा सीके राउत

MadhesKhabar

हामीसंग बहुमत छ, सरकारका लागि फेरि दाबी गर्छौं : सोनल

MadhesKhabar

Leave a Comment